YouVersion लोगो
खोज आइकन

रोमी 5:12-21

रोमी 5:12-21 NCV

यसकारण जसरी एकजना मानिस आदमद्वारा संसारमा पापले प्रवेश गर्‍यो, पापद्वारा मृत्यु आयो, र यसरी नै सब मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्। किनकि व्यवस्था दिइनुअघि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था हुँदैन, त्यहाँ पापको लेखा पनि हुँदैन। तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्‍यो, तिनीहरूलाई पनि जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्। तर परमेश्‍वरको वरदान अपराधसँग समान हुँदैन; किनकि यदि एकजना मानिस आदमको अपराधले धेरैजना मरे भने त्योभन्दा कति धेरै परमेश्‍वरको अनुग्रह तथा एकजना मानिस येशू ख्रीष्‍टको अनुग्रहको वरदानले धेरैका लागि प्रशस्त भयो! परमेश्‍वरको वरदान एकजना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर वरदानले धेरै अपराधहरू पछि पनि निर्दोषीकरण ल्यायो। किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्‍यो भने एउटा मानिस येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ। यसकारण जसरी एउटाको अपराधले सबै मानिसलाई दण्डको आज्ञा भयो, त्यसरी नै एउटै धार्मिकताको कार्यले पनि सबै मानिसमा निर्दोषीकरण र जीवन ल्यायो। जसरी एउटा मानिसको अनाज्ञाकारीताले धेरैजना पापी ठहरिए, त्यसरी नै एकजनाको आज्ञाकारीताले धेरैजना धर्मी ठहराइनेछन्। व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि अझ धेरै बढ्यो, ताकि जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसरी नै येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्।

रोमी 5 पढ्नुहोस्