अब शरीरअनुसार हाम्रा पुर्खा अब्राहामको बारेमा के भनौँ त, उनले यस सम्बन्धमा के बुझे त? यदि अब्राहाम आफ्ना कामले धर्मी ठहराइएका भए उनले यसको घमण्ड गर्न सक्थे, तर परमेश्वरको अगि त होइन। धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्वरलाई विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।” काम गर्नेले पाउने ज्याला उसलाई उपहारको रूपमा दिइँदैन, तर हकको रूपमा दिइन्छ। तथापि जसले काम गर्दैन, तर अधर्मीलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि विश्वास गर्छन् भने तिनीहरूको विश्वास धार्मिकता गनिन्छ।
रोमी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 4:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू