YouVersion लोगो
खोज आइकन

रोमी 4:1-5

रोमी 4:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्‍बन्‍धमा हामी के भनौं त? यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्‍ड गर्ने केही ठाउँ रहनेथियो, तर परमेश्‍वरको अगाडि त होइन। किनकि पवित्र-शास्‍त्रले के भन्‍छ? “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र त्‍यो उनको निम्‍ति धार्मिकता गनियो।” अब काम गर्नेले जुन ज्‍याला पाउँछ त्‍यो दान होइन, तर त्‍यो उसको पाउने हक हो। जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्‍वरमाथि भरोसा राख्‍तछ, त्‍यस्‍तो मानिसको विश्‍वास धार्मिकता गनिन्‍छ।

शेयर गर्नुहोस्
रोमी 4 पढ्नुहोस्

रोमी 4:1-5 पवित्र बाइबल (NERV)

यसकारण हाम्रा मानिसहरूका पुर्खा अब्राहाम बारे हामी के निष्कर्षमा पुग्छौं? विश्वासको बारेमा उनले के सिके? यदि उनले गरेकै कर्मबाट धार्मिक बनाइएको हो भने, तब उनले घमण्ड गर्ने कारण थियो। तर अब्राहामले परमेश्वरको सामु घमण्ड गर्न सकेनन्। धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।” जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ। कसैले त्यस्तो काम गर्न सक्दैन जसले उसलाई धर्मी बनाउनेछ। यसैले मानिसले परमेश्वरमा विश्वास गर्नु पर्दछ जसले उसलाई धर्मी बनाउनुहुन्छ। तब परमेश्वरले उसको विश्वास ग्रहण गर्नुहुन्छ र उसलाई धर्मी बनाउनु हुन्छ।

शेयर गर्नुहोस्
रोमी 4 पढ्नुहोस्

रोमी 4:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो भए हामी हाम्रा जातिका पुर्खा अब्राहामका बारेमा के भनौं? उनले के पाए? विश्‍वासले परमेश्‍वरको सामु ठीक ठहरिने सुविधा पाए। यदि उनले गरेका कुनै कामबाट परमेश्‍वरको सामु उनी ठीक ठहरिएका भए उनलाई घमण्‍ड गर्ने बाटो हुनेथियो। तर परमेश्‍वरको सामु उनीसँग घमण्‍ड गर्ने बाटो थिएन। धर्मशास्‍त्रमा लेखिएको छ, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे। उनको त्‍यही विश्‍वासले गर्दा परमेश्‍वरले उनलाई ठीक ठहराउनुभयो।” काम गर्नेलाई ज्‍याला दिइन्‍छ। ज्‍याला दान होइन तर कमाएको कुरो हो। कसैले धर्म-कर्ममा होइन तर दोषीहरूलाई निर्दोष ठहराउनुहुने परमेश्‍वरमा विश्‍वास गर्छ भने उसलाई परमेश्‍वरले आफ्‍नो सामु निर्दोष ठहराउनुहुन्‍छ। यसरी परमेश्‍वरले मानिसलाई विश्‍वासद्वारा निर्दोष र ठीक ठहराउनुहुन्‍छ।

शेयर गर्नुहोस्
रोमी 4 पढ्नुहोस्