यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने पनि कोही छैन। सबै परमेश्वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।” “तिनीहरूका घोक्रो खुल्ला चिहानहरू हुन्; तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।” “तिनीहरूका ओठमा विषालु सर्पका विष छ।” “तिनीहरूका मुख श्राप र तितोपनाले भरिएका छन्।” “तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्; तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्, तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।” “तिनीहरूका आँखामा परमेश्वरको डर छैन।” अब हामी जान्दछौ, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनमा हुनेहरूलाई नै भन्दछ, ताकि सबैको मुख बन्द रहोस् र सारा संसारलाई परमेश्वरको अगि जवाफदेही बनाइयोस्। यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ। तर अब व्यवस्थाविना नै परमेश्वरबाट धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिन्छन्। यो धार्मिकताचाहिँ येशू ख्रीष्टमा विश्वास गर्ने सबैले विश्वासद्वारा प्राप्त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्नता छैन। किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमाबाट टाढा भएका छन्; र परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन। परमेश्वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैँलाई र येशूमा विश्वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्।
रोमी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 3:10-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू