YouVersion लोगो
खोज आइकन

रोमी 3:10-26

रोमी 3:10-26 सरल नेपाली

यस्‍तै कुरा धर्मशास्‍त्रमा पनि लेखिएको छ, “परमेश्‍वरको अगाडि कुनै मानिस पनि ठीक छैन, अहँ एउटै पनि। परमेश्‍वरलाई बुझ्‍ने मानिस कोही छैन नता कसैले परमेश्‍वरको खोजी नै गरेका छन्। सबैले बाटो बिराएका छन् र सबै काम नलाग्‍ने भएका छन्, असल काम गर्ने एक जना पनि छैन,।” “तिनीहरूको घोक्रो खुल्ला चिहानजस्‍तै छ, तिनीहरूले आफ्‍नै जिब्राले ढाँटेका छन्,।” “तिनीहरूको बोली विषालु सर्पको विषजस्‍तो छ,।” “तिनीहरूले सरापिरहन्‍छन् र मनको तीतो पोखाइरहन्‍छन्,।” “तिनीहरू मानिस मार्न छिटा छन्। तिनीहरू जहाँ-जहाँ जान्‍छन्, त्‍यहाँ-त्‍यहाँ मृत्‍यु र दु:ख फैलाउँछन्। शान्‍तिको बाटो तिनीहरूले चिनेका छैनन्,।” “नता परमेश्‍वरको डरै मानेका छन्,।” व्यवस्थाको कुरा व्यवस्थाका अधीनमा हुने मानिसलाई भनिएको हो भनी हामीलाई थाहा छ। यसकारण सबै मानिसको मुखमा बुजो लाग्‍नेछ र सारा संसार दोषी ठहराइन परमेश्‍वरको अगाडि उभ्‍याइनेछ। व्यवस्था पालनले कोही पनि परमेश्‍वरको अगाडि ठीक ठहरिनेछैन किनभने व्यवस्थाले त मानिसले गरेको पाप चिनाइदिन्‍छ। तर अहिले व्यवस्थाबिना परमेश्‍वरले मानिसलाई ठीक ठहराउनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ। यही कुरा व्यवस्था र अगमवक्ताहरूले बताएका छन्। यसरी परमेश्‍वरले येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैलाई ठीक ठहराउनुहुन्‍छ किनभने उहाँले कसैलाई पनि छुट्याउनुहुन्‍न किनभने सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमाबाट टाढिएका छन्। तर परमेश्‍वर दयालु हुनुहुन्‍छ र उहाँले अनुग्रह गरेर ख्रीष्‍टद्वारा मानिसलाई सित्तैंमा निर्दोष र ठीक ठहराउनुहुन्‍छ किनभने ख्रीष्‍ट येशूले सबैको साटो आफैंले सजाय भोगेर पापको कैदबाट मानिसलाई छुटाउनुभएको छ। परमेश्‍वरले ख्रीष्‍ट येशूलाई हाम्रो लागि प्रायश्‍चितको बलिदान स्वरूप दिनुभएर उहाँको रगत हाम्रो लागि बगाइएको हो भनी विश्‍वास गर्ने मानिसको पाप मेटिदिनुभएको छ। परमेश्‍वरले पापको सजाय ख्रीष्‍टमा दिएर आफैंलाई न्‍यायी देखाउनुभयो। परमेश्‍वरले ख्रीष्‍ट आउनुभन्दा पहिले आफ्‍नो रिस थामेर मानिसलाई पापको सजाय दिनुभएन। परमेश्‍वरले अब यो युगमा आफ्‍नो न्‍याय देखाउन मानिसहरूका पाप हटाएर तिनीहरूलाई निर्दोष ठहराउनुहुन्‍छ। यसरी येशूमा विश्‍वास गर्ने हरेकलाई उहाँले ठीक ठहराउनुहुन्‍छ र आफैं धर्मी हुनुहुन्‍छ।

रोमी 3 पढ्नुहोस्