YouVersion लोगो
खोज आइकन

रोमी 16:17-20

रोमी 16:17-20 NCV

दाजुभाइ-दिदीबहिनीहरू हो, म बिन्ती गर्छु, तिमीहरूका बीचमा फाटो ल्याउने र तिमीहरूले सिकेका कुराको विरुद्ध बाधा पुर्‍याउनेहरूसँग होसियार बस। तिनीहरूसँग टाढा बस। किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा होइन, तर आफ्नै स्वार्थ मात्र पूरा गर्दछन्। निर्दोष हृदय भएका मानिसहरूलाई तिनीहरूका चिप्लो र फुर्काउने कुराहरूले बहकाउँछन्। तिमीहरूको आज्ञाकारिताबारे प्रत्येकले सुनेका छन्। तिमीहरूको कारण म आनन्दित छु; तर म तिमीहरू असल काममा बुद्धिमान् र दुष्‍ट काममा निर्दोष रहेको चाहन्छु। शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको खुट्टामुनि कुल्चाउनुहुनेछ।

रोमी 16 पढ्नुहोस्