YouVersion लोगो
खोज आइकन

रोमी 14:19-23

रोमी 14:19-23 NCV

हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्‍याउँछ र पारस्परिक उन्‍नति गराउँछ। परमेश्‍वरको कामलाई भोजनको कारणले नाश नगर। सबै भोजन शुद्ध छन्, तर त्यो अर्को व्यक्तिलाई ठक्‍करको कारण बन्छ भने उसले यो खानु गलत हो। मासु नखानू वा मद्य नपिउनू अथवा तिम्रो दाजुभाइ-दिदीबहिनीलाई ठेस लाग्ने कुनै पनि काम नगर्नू उचित हो। यसकारण यसबारे तिमीहरू जे विश्‍वास गर्छौ, त्यो कुरा तिमी र परमेश्‍वरको बीचमा राख। त्यो मानिस धन्य हो, जसले आफूले स्वीकार गरेको कुराले आफूमाथि दोष ल्याउँदैन। तर यदि कसैले शङ्का गरेर खायो भने त्यो दोषी ठहरिन्छ। किनकि उसले विश्‍वासद्वारा खाएको हुँदैन। जे कुरा विश्‍वासद्वारा आउँदैन, त्यो पाप हो।

रोमी 14 पढ्नुहोस्