YouVersion लोगो
खोज आइकन

रोमी 14:19-23

रोमी 14:19-23 NNRV

यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्‍ति ल्‍याउँछ, अनि एउटाले अर्काको आत्‍मिक उन्‍नति गराउँछ। खानेकुराको खातिर परमेश्‍वरको कामलाई नष्‍ट नगर। वास्‍तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो। उचित त यो हुन्‍छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्‍तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्‍छ। तिमीमा भएको विश्‍वास परमेश्‍वर र तिम्रो बीचमा राख। धन्‍यको हो त्‍यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन। तर कसैले शङ्का गरेर केही खायो भने त्‍यो दोषी ठहर्छ, किनकि उसले विश्‍वाससाथ खाएको छैन। विश्‍वासबाट उत्‍पन्‍न नभएको कुनै पनि कुरा पाप हो।