YouVersion लोगो
खोज आइकन

रोमी 13:8-14

रोमी 13:8-14 NCV

पारस्परिक प्रेमबाहेक अरू कुनै कुराको निम्ति अरूको ऋणी नहोओ; किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्थालाई पूरा गरेको हुन्छ। किनकि आज्ञाहरूले भन्छ: “व्यभिचार नगर्नू,” “मानव हत्या नगर्नू,” “चोरी नगर्नू,” “लोभ नगर्नू,” र अरू जस्तोसुकै आज्ञाहरू भए तापनि सारांशचाहिँ यही एउटा आज्ञाले समेटिन्छ, “तिम्रो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।” प्रेमले छिमेकीलाई हानि पुर्‍याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो। वर्तमान समयलाई बुझ्दै यसो गर: तिम्रो लागि निद्राबाट जाग्ने समय अगिबाट नै आइसकेको छ। किनकि हामीले पहिला विश्‍वास गरेको समयभन्दा हाम्रो मुक्ति अझ नजिक आइपुगेको छ। रात बित्न लागेको छ; मुक्तिको दिन एकदमै नजिक छ। यसकारण अब हामीले अन्धकारको कामलाई त्यागेर ज्योतिका हातहतियार धारण गरौँ। दिनको उज्यालोमा झैँ, हामी असल चालचलनमा जिऔँ, मोजमस्तीमा र मतवालापनमा होइन, यौन अनैतिकतामा र भ्रष्‍ट आचरणमा होइन, झगडामा र डाहमा होइन। बरु प्रभु येशू ख्रीष्‍टलाई धारण गरेर जिओ, र आफ्ना शारीरिक स्वभावका अभिलाषा कसरी पूरा गर्ने भनेर मन नलगाओ।

रोमी 13 पढ्नुहोस्