रोमी 13:8-14

रोमी 13:8-14 सरल नेपाली

तर एक-अर्कालाई माया गर्नुबाहेक अरू कुनै कुरामा कसैको ऋणी नहोओ किनभने अरूलाई माया गर्नेले व्यवस्था पूरा गरिसकेको हुन्‍छ। व्यवस्थाभित्र व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, चोरी नगर्नू, लोभ नगर्नू भन्‍ने आज्ञाहरू पर्दछन्। आफूलाई जस्‍तो माया गर्छौ, अरूलाई पनि त्‍यस्‍तै माया गर्नू भन्‍ने सबै व्यवस्था र आज्ञाको सार हो। माया गर्नेले अर्काको कुभलो गर्दैन। यसैकारण माया गर्नु व्यवस्था पूरा गर्नु हो। याद राख, कस्‍तो समय आउन लागेको छ। तिमीहरूलाई पनि थाहै छ, अब तिमीहरूले निद्रा त्‍यागेर उठ्‍ने बेला आएको छ। हामीले पहिले विश्‍वास गरेको बेलाभन्दा पनि अब हामीलाई पूरा मुक्ति हुने बेला झन् नजिक आएको छ। रात धेरै बितिसक्‍न लाग्‍यो अब उज्‍यालो हुनै आँटेको छ। अन्‍धकारमा गरिने खराब काम त्‍यागौं। अन्‍धकारसँग लड्‍न ज्‍योतिका सेनाझैँ तयार हौं। दिनको उज्‍यालोमा सुहाउने गरी इमानदार भएर काम गरौं। रातको झैँ मोज-मज्‍जा गर्ने, मात्तिने, व्यविचारी गर्ने, जथाभाबी गर्ने, झगडा वा डाहा गर्ने कामहरू छोडिदिऊँ। तर येशू ख्रीष्‍टलाई नै धारण गरौं, अनि शारीरिक स्‍वभावको इच्‍छा पूरा गर्नतिर नलागौं।

रोमी 13 पढ्नुहोस्