त्यसो हो भने म सोध्छु: के परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफैँ पनि एक इस्राएली हुँ—अब्राहामको वंश, बेन्यामीन कुल। परमेश्वरले आफ्ना मानिसलाई त्याग्नुभएको छैन, जसलाई उहाँले सुरुबाट नै जान्नुहुन्थ्यो। एलियाको बारेमा धर्मशास्त्रमा के लेखिएको छ भन्ने कुरा तिमीहरू जान्दैनौ? कसरी एलियाले इस्राएलको विरुद्धमा परमेश्वरसँग बिन्ती गरेका थिए: “प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; म मात्र एकलो बाँचेको छु, र मलाई पनि तिनीहरूले मार्न खोज्दैछन्।” अनि उनलाई परमेश्वरको जवाफ के थियो? “मैले आफ्ना निम्ति बाल-देवतालाई दण्डवत् नगर्ने सात हजार मानिसहरूलाई जोगाएर राखेको छु।” यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्। यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन। यदि काममा आधारित हुन्थ्यो भने त, यो अनुग्रह, अनुग्रह नै हुनेथिएन। तब के त? इस्राएलीहरूले उत्सुकतासाथ खोजेको धार्मिकता प्राप्त गर्न सकेनन्। उनीहरूमध्ये चुनिएकाहरूले भने प्राप्त गर्न सके, तर अरू सबै कठोर पारिए। यसरी लेखिएको छ: “परमेश्वरले तिनीहरूलाई मन्द आत्मा दिनुभयो, आँखाहरू, जसले देख्न सकेनन् अनि कानहरू, जसले सुन्न सकेनन्, आजसम्मै तिनीहरू यस्तै छन्।” अनि दावीदले भन्दछन्: “तिनीहरूका भोजन पासो र फन्दा बनोस्। अनि तिनीहरूका लागि ठक्कर र बदलाको कारण बनोस्। तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्। तिनीहरूका ढाड सदा कुप्रिरहून्!”
रोमी 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 11:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू