YouVersion लोगो
खोज आइकन

रोमी 11:1-10

रोमी 11:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण म सोध्‍दछु, “के परमेश्‍वरले आफ्‍ना मानिसलाई परित्‍याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त अब्राहामको सन्‍तान, बेन्‍यामीनका कुलको एक इस्राएली हुँ। परमेश्‍वरले पहिलेदेखि नै चिन्‍नुभएका आफ्‍ना मानिसलाई बहिष्‍कार गर्नुभएन। के एलियाको विषयमा पवित्र-शास्‍त्रले भनेको कुरा तिमीहरू जान्‍दैनौ? उनले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग कसरी बिन्‍ती गर्दछन्, “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरू भत्‍काइदिएका छन्‌ र म मात्र एकलै छोडिएको छु, र तिनीहरू मेरो प्राणको खोजीमा छन्‌।” तर उनलाई परमेश्‍वरको उत्तर के छ? “बालको सामने घुँड़ा नटेक्‍ने सात हजार मानिसहरू मैले आफ्‍नो निम्‍ति राखेको छु।” यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ। तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन। तब के? इस्राएलले जे खोजेको थियो त्‍यो पाउन असफल भयो। तर चुनिएकाहरूले त्‍यो प्राप्‍त गरे। अरू सबैचाहिँ कठोर बने, जस्‍तो लेखिएको छ: “परमेश्‍वरले तिनीहरूलाई चेतनाहीन आत्‍मा दिनुभएको छ। यस्‍ता आँखा दिनुभएको छ जसले नदेखून्‌ र यस्‍ता कान जसले नसुनून्, र आजको दिनसम्‍म पनि तिनीहरू यस्‍तै छन्,” र दाऊद भन्‍छन्, “तिनीहरूको भोज पासो र धराप बनोस्, एउटा भड्‌खालो र तिनीहरूलाई बदला दिने कुरो होस्‌। तिनीहरूका आँखा नदेख्‍नलाई धमिला होऊन्, र तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्‌।”

शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्

रोमी 11:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसो हो भने म सोध्छु: के परमेश्‍वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफैँ पनि एक इस्राएली हुँ—अब्राहामको वंश, बेन्यामीन कुल। परमेश्‍वरले आफ्ना मानिसलाई त्याग्नुभएको छैन, जसलाई उहाँले सुरुबाट नै जान्‍नुहुन्थ्यो। एलियाको बारेमा धर्मशास्त्रमा के लेखिएको छ भन्‍ने कुरा तिमीहरू जान्दैनौ? कसरी एलियाले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग बिन्ती गरेका थिए: “प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; म मात्र एकलो बाँचेको छु, र मलाई पनि तिनीहरूले मार्न खोज्दैछन्।” अनि उनलाई परमेश्‍वरको जवाफ के थियो? “मैले आफ्ना निम्ति बाल-देवतालाई दण्डवत् नगर्ने सात हजार मानिसहरूलाई जोगाएर राखेको छु।” यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्। यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन। यदि काममा आधारित हुन्थ्यो भने त, यो अनुग्रह, अनुग्रह नै हुनेथिएन। तब के त? इस्राएलीहरूले उत्सुकतासाथ खोजेको धार्मिकता प्राप्‍त गर्न सकेनन्। उनीहरूमध्ये चुनिएकाहरूले भने प्राप्‍त गर्न सके, तर अरू सबै कठोर पारिए। यसरी लेखिएको छ: “परमेश्‍वरले तिनीहरूलाई मन्द आत्मा दिनुभयो, आँखाहरू, जसले देख्न सकेनन् अनि कानहरू, जसले सुन्‍न सकेनन्, आजसम्मै तिनीहरू यस्तै छन्।” अनि दावीदले भन्दछन्: “तिनीहरूका भोजन पासो र फन्दा बनोस्। अनि तिनीहरूका लागि ठक्‍कर र बदलाको कारण बनोस्। तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्। तिनीहरूका ढाड सदा कुप्रिरहून्!”

शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्

रोमी 11:1-10 पवित्र बाइबल (NERV)

तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ। तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए, “परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।” तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।” यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्। अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन। यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्। जस्तो धर्मशास्त्रमा लेखिएको छ, “परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।” “परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकुन्, उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकुन्। अझसम्म त्यही भइरहेछ।” अनि दाउद भन्छन्, “तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्। तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्। तिनीहरूका आँखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्। अनि ती सदा कष्टमा परिरहुन्।”

शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्

रोमी 11:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो भए के परमेश्‍वरले इस्राएलीहरूलाई त्‍याग्‍नुभयो? होइन, म आफैं पनि त अब्राहामको वंशमा जन्‍मिएको बेन्‍यामीन घरानाको इस्राएली हुँ। परमेश्‍वरले सुरुमै चिन्‍नुभएका यी मानिसहरूलाई त्‍याग्‍नुभएको छैन। धर्मशास्‍त्रले अगमवक्ता एलियाको बारेमा बताएको कुरा त तिमीहरूलाई थाहै छ। एलियाले इस्राएलीहरूको विरोधमा यसरी परमेश्‍वरलाई भनेका थिए, “प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे अनि तपाईंका बलि-वेदीहरू भत्‍काइदिए, बाँचेकोचाहिँ म नै हुँ र मलाई पनि तिनीहरू मार्न खोज्‍दै छन्।” परमेश्‍वरले उनलाई भन्‍नुभयो, “मैले मेरो लागि सात हजार मानिस जोगाइराखेको छु, तिनीहरूले बाल देवतालाई ढोग्‍न घुँडा टेकेका छैनन्।” यसरी नै अहिले पनि परमेश्‍वरको अनुग्रहले छानिएका केही इस्राएलीहरू अझै छन्। यो अनुग्रहले भएको हो, धर्म-कर्मले होइन, नत्रता अनुग्रह-अनुग्रह नै हुँदैन। त्‍यसो भए यसको अर्थ के भयो त? सबै इस्राएलीहरूले आफूले खोजेको कुरो पाएनन्। तर त्‍यही कुरो परमेश्‍वरले छान्‍नुभएका थोरै इस्राएलीहरूले मात्र पाए। अरू बाँकी इस्राएलीहरूचाहिँ कठोर भएर बसिरहे। धर्मशास्‍त्रमा पनि लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई निद्राजस्‍तै थाहा नपाउने आत्‍मा दिनुभयो। अनि देख्‍तै नदेख्‍ने आँखा र सुन्‍दै नसुन्‍ने कान दिनुभयो र तिनीहरू अहिलेसम्‍म त्‍यस्‍तै दशामा छन्।” यसै गरी राजा दाऊद पनि भन्‍दछन्, “तिनीहरूको भोज-भतेर, पासो र धराप बनोस्। तिनीहरूका आँखाले देख्‍न नसक्‍ने गरी अन्‍धकारले छोपोस् र तिनीहरूको ढाड नसोझिने गरी सधैँभरि कुप्रिरहोस्।”

शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्