YouVersion लोगो
खोज आइकन

रोमी 1:21-32

रोमी 1:21-32 NCV

तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि उहाँलाई परमेश्‍वरको रूपमा न महिमा दिए, न ता धन्यवाद नै दिए; बरु तिनीहरूका सोच व्यर्थ हुनगयो, र तिनीहरूका मूर्ख हृदयहरू अँध्यारा भए। तिनीहरू आफू बुद्धिमान् हुने दाबी गरे तापनि मूर्ख नै बने। अनि अविनाशी परमेश्‍वरलाई महिमा दिनुको साटो जीवित मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गीहरू, पशुहरू र घस्रने जनावरहरूका मूर्तिहरूलाई महिमा दिए। यसकारण परमेश्‍वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो, ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्। तिनीहरूले परमेश्‍वरको सत्यतालाई त्यागेर झूटसँग स्वीकारे, र सृष्‍टिकर्ताको सट्टामा सृष्‍टि गरिएका थोकहरूको सेवा र आराधना गरे। सृष्‍टिकर्ता, जो सदा-सर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन! यसैकारण परमेश्‍वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाको निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर अरू पुरुषहरूसँग कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरू आफ्नो गल्तीको दण्ड भोगे। तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्‍वरले पनि तिनीहरूलाई भ्रष्‍ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने त्यही काम गरून्। तिनीहरू सब प्रकारका दुष्‍टता, खराबी, लोभ, भ्रष्‍टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने, निन्दा गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी, तिनीहरू दुष्‍ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्; तिनीहरू आफ्ना आमाबुबाका आज्ञा पालन गर्दैनन्। तिनीहरू निर्बुद्धि, विश्‍वासघाती, निर्दयी र क्रूर छन्। यद्यपि तिनीहरू परमेश्‍वरका धार्मिक विधान जान्दछन्, कि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन्। तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि दिन्छन्।

रोमी 1 पढ्नुहोस्