YouVersion लोगो
खोज आइकन

रोमीहरूलाई पावलको पत्र 1:21-32

रोमीहरूलाई पावलको पत्र 1:21-32 NERV

मानिसहरूले परमेश्वरलाई चिने। तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन् र धन्यवाद पनि प्रकट गरेनन्। मानिसहरूका विचारहरू बेकामका भए अनि अन्धकारले तिनीहरूको मुर्ख बुद्धिलाई ढाकी दियो। मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने। तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे। मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे। ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैंद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैँ हुनपर्छ। आमिन। मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसँग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसँग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले। त्यस्तै प्रकारले लोग्ने-मानिसहरूले पनि स्त्रीसँगको प्राकृतिक यौन छोडेर अन्य लोग्ने-मानिसहरूसँग अप्राकृतिक सम्बन्ध राख्न थाले। तिनीहरूले आपसमा लाजमर्दो कामहरू गरे। अनि तिनीहरूले गल्ती काम गरेकोले तिनीहरूका शरीरले कष्ट पाए। परमेश्वरको सत्य ज्ञान राख्नु पर्छ भन्ने कुरालाई मानिसहरूले महत्व दिएनन्। त मानिसहरूले नगर्नु पर्ने काम गरे। यसैले व्यर्थकै कामहरू गरोस् भनेर परमेश्वरले छाडिदिनु भयो। तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैंमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए। तिनीहरू आपसमा दुष्ट्याईँ पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नराम्रा कामहरू गर्ने नयाँ बाटोहरू खोजि हिँड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टेर्दैनन्। तिनीहरू मूर्ख छन् र तिनीहरूले आफ्नो भाकलहरू पूरा गर्दैनन्। तिनीहरूमा अरूहरू प्रति प्राकृतिक ममता हुँदैन अनि कसैलाई पनि दया देखाउँदैनन्। तिनीहरूले परमेश्वरको धार्मिक विधान जान्दछन्। त्यस्ता मानिसहरू मर्नै पर्छ भन्ने परमेश्वरको नियम तिनीहरू जान्दछन्। तथापि तिनीहरूले ती गल्ती कामहरू गरी मात्र रहेनन् तर अरूले त्यसो गरेको पनि ठीकै ठाने।