YouVersion लोगो
खोज आइकन

प्रकाश 8:1-5

प्रकाश 8:1-5 NCV

जब थुमाले सातौँ मोहर खोल्नुभयो, तब स्वर्गमा प्रायः आधा घण्टासम्म सन्‍नाटा छायो। अनि मैले परमेश्‍वरको सामु सात जना स्वर्गदूतहरूलाई उभिएको देखेँ; अनि तिनीहरूलाई सात वटा तुरहीहरू दिइयो। अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो। स्वर्गदूतको हातबाट धूपको धुवाँ सन्तहरूका प्रार्थनासँगसँगै उँभो उठ्दै परमेश्‍वरको उपस्थितिमा गयो। तब ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे, र त्यसलाई पृथ्वीमाथि फ्याँकिदिए; अनि मेघ गर्जन, गड्याङ-गुडुङको आवाज, बिजुलीको चमक उत्पन्‍न भयो, र भुइँचालो गयो।

प्रकाश 8 पढ्नुहोस्