थुमाले सातौँ मोहर खोल्नुहुँदा आधा घण्टासम्म चकमन्न भयो। त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहने सात जना स्वर्गदूत देखें। उनीहरूलाई सातवटा तुरही दिइएका थिए। सुनको धुपौरो बोकेको अर्को एक जना स्वर्गदूत आएर वेदीनेर उभिए। परमेश्वरका भक्तजनका प्रार्थनासँग सिंहासन अघिको सुनको वेदीमा चढाउन उनलाई धेरै सुगन्धित धूप दिइएको थियो। परमेश्वरको अगाडि खडा रहेका स्वर्गदूतका हातबाट जलिरहेका धूपको धुवाँ परमेश्वरका भक्तजनहरूका बिन्ती-प्रार्थनाहरूसँग उँभो उठिरहेको थियो। यसपछि ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे र पृथ्वीमा फ्याँकिदिए अनि गड्याङ्-गुडुङको आवाज आयो। बिजुली चम्क्यो र भूइँचालो गयो।
प्रकाश 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 8:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू