YouVersion लोगो
खोज आइकन

प्रकाश 1:1-7

प्रकाश 1:1-7 NCV

येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले येशू ख्रीष्‍टलाई दिनुभयो, ताकि येशू ख्रीष्‍टका सेवकहरूले चाँडै हुन आउने कुराहरू देखून्। उहाँले आफ्ना दूत पठाएर यो आफ्नो सेवक यूहन्‍नालाई प्रकट गर्नुभयो; तिनैले परमेश्‍वरको वचनको लागि र येशू ख्रीष्‍टको गवाहीको लागि आफूले देखेका सबै थोकहरूको विवरण दिए। जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो; अनि यसलाई सुन्‍नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्; किनकि समय नजिकै छ। यूहन्‍नाबाट, एशिया प्रान्तमा भएका सात वटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु: उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुनआउनुहुनेछ, र उहाँको सिंहासनको अगि भएका सात आत्माहरूबाट; अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो; अनि उहाँका परमेश्‍वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन। “हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”; अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।” यस्तै होस्! आमेन।

प्रकाश 1 पढ्नुहोस्