YouVersion लोगो
खोज आइकन

प्रकाश 1:1-7

प्रकाश 1:1-7 सरल नेपाली

यो पुस्‍तकको कुरा येशू ख्रीष्‍टले प्रकट गर्नुभएको हो। आफ्‍ना सेवकहरूले चाँडै हुने घटनाहरूको बारेमा बुझ्‍न सकून् भनेर परमेश्‍वरले येशूलाई यो दर्शन दिनुभएको थियो। येशूले यी कुरा बताउन एक जना दूतलाई आफ्‍ना सेवक यूहन्‍नाकहाँ पठाउनुभयो। आफूले देखेका सबै कुरा यूहन्‍नाले बताएका छन्। उनले बताएका परमेश्‍वरको सन्‍देश र येशू ख्रीष्‍टले देखाउनुभएको सत्‍य कुरा यी नै हुन्। यो पुस्‍तक पढ्‍ने र यसमा भएका अगमवाणीका वचन सुन्‍ने र मान्‍ने सबै जना धन्‍य हुन्। कारण यो कुरा चाँडै पूरा हुनेछन्। एशियामा भएका सातै वटा मण्डलीलाई यूहन्‍नाबाट अभिवादन: परमेश्‍वर जो हुनुहुन्‍छ, हुनुहुन्‍थ्‍यो र आउनुहुनेछ र उहाँको सिंहासनअघि रहने सात आत्‍माबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति होस्। विश्‍वासयोग्‍य साक्षी अनि मृत्‍युबाट बिउँतनेहरूमा पहिलो हुनुहुने संसारका राजाहरूका राजा, उनै येशू ख्रीष्‍टबाट पनि तिमीहरूलाई अनुग्रह र शान्‍ति। उहाँले हामीलाई प्‍यार गर्नुहुन्‍छ अनि आफ्‍नो बलिदानको रगतले हामीलाई पापबाट छुट्‍कारा दिनुभएको छ। उहाँले आफ्‍ना परमेश्‍वर र पिताको सेवा गर्न हामीलाई पूजाहारीको अधिकार दिनुभएको छ। येशू ख्रीष्‍टको आदर र अधिकार सदासर्वदा कायम रहोस्। आमेन। हेर, उहाँ बादलमा आउँदै हुनुहुन्‍छ र उहाँलाई घोच्नेहरूसहित सबैले उहाँलाई देख्‍नेछन्। संसारका सबै जातिले उहाँको निम्‍ति शोक गर्नेछन्। हो, यस्‍तै होस्। आमेन।

प्रकाश 1 पढ्नुहोस्