स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन। मेरो देह र मेरो हृदय दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ। तपाईंबाट टाढा रहने मानिसहरू नष्ट हुनेछन्; तपाईंलाई विश्वासघात गर्ने सबैलाई तपाईंले विनाश गर्नुहुन्छ। तर मेरो लागि चाहिँ परमेश्वरको नजिक रहन पाउनु असल छ; मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु; म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।
भजनसंग्रह 73 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 73:25-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू