हे परमेश्वर, जब तपाईं आफ्ना मानिसहरूका अगि जानुभयो, जब तपाईं मरुभूमिबाट भएर अगि बढ्नुभयो, सेला तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो; अद्वितीय परमेश्वरको सामु, जो सीनै पर्वतका परमेश्वर हुनुहुन्छ, परमेश्वरको सामु, जो इस्राएलका परमेश्वर हुनुहुन्छ। हे परमेश्वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो; तपाईंले सुक्खा भूमिलाई फेरि ताजा बनाउनुभयो। तपाईंका मानिसहरू त्यस भूमिमा बसोबास गरे; हे परमेश्वर, तपाईंको प्रशस्तताबाट निमुखाहरूलाई सबै कुरा जुटाउनुभयो। प्रभुले वचन घोषणा गर्नुहुन्छ; र त्यही वचनको घोषणा गर्ने स्त्रीहरूको समूह ठूलो छ: “राजा र सेनाहरू बेपत्ता गरी भाग्छन्; घरका स्त्रीहरूचाहिँ लुटका सामानहरू बाँड्छन्, जब तिमीहरू भेडाको खोरमा सुत्छौ, तब तिमीहरू ढुकुरका पखेटा चाँदी, र त्यसका प्वाँखहरू चम्किलो सुनले ढाकिएका जस्तै हुन्छौ।” जब सर्वशक्तिमान्ले राजाहरूलाई देशमा छरपस्ट पार्नुभयो, त्यो जल्मोन डाँडामा हिउँ परेजस्तै थियो।
भजनसंग्रह 68 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 68:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू