हे परमेश्वर! जब तपाईंले आफ्ना प्रजालाई डोर्याउनुभयो, जब तपाईंले मरुभूमि पार गर्नुभयो, तब पृथ्वीमा भूइँचालो गयो र आकाशबाट बृष्टि भयो किनभने सीनैका परमेश्वर, इस्राएलका परमेश्वर आउनुभएको थियो। तपाईंले प्रशस्त बृष्टि दिनुभएर रूखो जमिन मलिलो पार्नुभयो। तपाईंका प्रजाले त्यहाँ आफ्ना घर बनाए र आफ्नो करुणाले तपाईंले दरिद्रहरूलाई सबै कुरा जुटाइदिनुभयो। प्रभुले आज्ञा दिनुभयो र धेरै स्त्रीहरूले यस्तो खबर सुनाए: “राजाहरू आफ्ना सेनासहित भागिरहेका छन्!” घरका स्त्रीहरूले लुटी ल्याएका चीजबीजहरू बाँड-चुँड गरे: चाँदीले मोहोडेका परेवाका मूर्तिहरू, जसका पखेटामा निखुर सुन जडेका थिए, त्यस्ता वस्तुहरू बाँड-चुँड गरे। (किन लडाइँका दिनमा तिमीहरूमध्ये कति जना भेडाका गोठमा बसिरह्यौ?) सर्वशक्तिमान् परमेश्वरले राजालाई सल्मोन पहाडमा छरपष्ट पार्नुहुँदा त्यहाँ हिउँ बर्साउनुभयो।
भजनसंग्रह 68 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 68:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू