भजनसंग्रह 58
58
भजन 58
सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” रागमा आधारित, दावीदको मिक्ताम।
1हे शासकहरू हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ?
के तिमीहरू मानिसहरूलाई समान रूपमा न्याय गर्छौ?
2होइन, तिमीहरू हृदयमा अन्याय रच्दछौ;
र पृथ्वीमा तिमीहरूका आफ्ना हातले हिंसाका काम गर्छन्।
3दुष्ट मानिसहरू जन्मैदेखि भड्केर जान्छन्;
तिनीहरू गर्भदेखि नै पथभ्रष्ट हुन्छन्, झूटो फैलाउँछन्।
4तिनीहरूको विष विषालु सर्पको विषजस्तै छ;
तिनीहरू गोमन सर्पजस्तै छन्, जसले आफ्नो कान बन्द गरेको छ,
5सपेराको सङ्गीतको धुन होस्,
या जतिसुकै निपुण जादुगरको जादु होस्, तिनको सोर सुनिँदैन।
6हे परमेश्वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा तोडिदिनुहोस्;
हे याहवेह, ती सिंहहरूका बङ्गाराहरू भाँचिदिनुहोस्!
7बग्ने पानीजस्तै तिनीहरू विलाइजाऊन्;
जब तिनीहरूले धनुमा ताँदो चढाउँछन्, तब तिनीहरूका काँडहरू निशानासम्म नपुगून्।
8चिप्ले किराजस्तै तिनीहरू हिँड्दा-हिँड्दै पग्लेर जाऊन्;
जन्मिनै नपाई तुहेको बालकजस्तै तिनीहरूले सूर्यको उज्यालो कहिल्यै नदेखून्।
9तिम्रा भाँडाहरू काँडाको आगोमा तात्तिन अगि,
ती हरिया हुन् वा सुकेका, दुष्टहरू बगाएर लगिनेछन्।#58:9 मूल भाषामा यो शब्दको अर्थ स्पष्ट छैन।
10जब पापीहरूमाथि बदला खनिन्छ,
जब धर्मी जनहरूको पाउहरू दुष्टहरूको रगतमा चोबिन्छन्,
तब धर्मी जनहरू हर्षित हुनेछन्।
11तब मानिसहरूले भन्नेछन्,
“निश्चय नै धर्मी जनहरू पुरस्कृत हुन्छन्;
साँच्चै नै परमेश्वर हुनुहुन्छ, जसले पृथ्वीको न्याय गर्नुहुन्छ।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 58: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.