YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 57:1-6

भजनसंग्रह 57:1-6 NCV

ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्; किनकि म तपाईंमा शरण लिन्छु। जबसम्म यो विपत्ति हट्दैन, तबसम्म म तपाईंको पखेटाको छायामुनि शरण लिनेछु। म सर्वोच्‍च परमेश्‍वरलाई पुकार्छु, परमेश्‍वरलाई, जसले मलाई निर्दोष प्रमाणित गर्नुहुन्छ। उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ; मलाई खेदो गर्नेहरूलाई उहाँले हप्काउनुहुन्छ, सेला परमेश्‍वरले आफ्नो अचुक प्रेम र विश्‍वसनीयता पठाउनुहुन्छ। म सिंहहरूको बीचमा छु; हिँस्रक जनावरहरूजस्ता मानिसहरूका बीचमा बस्‍न म बाध्य छु; जसका दाँतहरू धारिला तरवार र काँड हुन्, जसका जिब्रा धारिलो तरवारजस्तै छन्। हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्! तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्; म सङ्कष्‍टले झुकेको छु। तिनीहरूले मेरो मार्गमा खाडल खनेका छन्, तर तिनीहरू त्यस खाडलमा आफैँ परेका छन्। सेला

भजनसंग्रह 57 पढ्नुहोस्