भजनसंग्रह 46
46
भजन 46
सङ्गीत निर्देशकको निम्ति, अलामोत लयमा आधारित, कोरहका छोराहरूका भजन।
1परमेश्वर हाम्रा शरणस्थान र बल हुनुहुन्छ,
सङ्कष्टमा सधैँ हाजिर हुने सहायक।
2यसकारण हामी डराउनेछैनौँ, चाहे पृथ्वीमा ठूलो हलचल आओस्,
चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्;
3चाहे समुद्र गर्जोस् र फीँज काढोस्,
र त्यो डरलाग्दो भेल उर्लेर आउँदा पर्वतहरू थर्कून्। सेला
4एउटा नदी छ, जसको प्रवाहले परमेश्वरको नगर,
सर्वोच्च परमेश्वरले बास गर्नुहुने पवित्रस्थानलाई हर्षित तुल्याउँछ।
5परमेश्वर त्यस सहरभित्र हुनुहुन्छ, त्यो पतन हुनेछैन;
परमेश्वरले त्यसलाई बिहानै सहायता गर्नुहुनेछ।
6राष्ट्रहरूमा डरले कोलाहल हुन्छ; राज्यहरू पतन हुन्छन्।
परमेश्वरले आफ्नो आवाज निकाल्नुहुन्छ, तब पृथ्वी पग्लन्छ।
7सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;
याकोबका परमेश्वर हाम्रो किल्ला हुनुहुन्छ। सेला
8आओ र याहवेहले गर्नुभएका कामहरू हेर,
उहाँले पृथ्वीलाई कस्तो उजाड पार्नुभएको छ।
9पृथ्वीको छेउसम्मै
उहाँले मानिसहरूका लडाइँ झगडा रोक्नुहुन्छ;
उहाँले धनु भाँच्नुहुन्छ र भालाहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ;
उहाँले रथहरूलाई#46:9 अथवा ढालहरू आगोमा जलाउनुहुन्छ।
10उहाँले भन्नुहुन्छ, “शान्त रहो, र म नै परमेश्वर हुँ भनी जान;
म राष्ट्रहरूको बीचमा उच्च पारिनेछु,
म पृथ्वीमा उचालिनेछु।”
11सेनाहरूका याहवेह हाम्रो साथमा हुनुहुन्छ;
याकोबका परमेश्वर हाम्रो किल्ला हुनुहुन्छ। सेला
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 46: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.