YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 45:10-17

भजनसंग्रह 45:10-17 NCV

हे कुमारी, सुन, ध्यान देऊ र विचार गर: तिम्रा मानिसहरू र आफ्नो पिताको घरलाई पनि बिर्स! तिम्रो सुन्दरताले राजा मोहित होऊन्; उहाँको आदर गर; किनकि उहाँ तिम्रा मालिक हुन्। टायरकी छोरीहरू उपहार लिएर आउनेछन्; धनी मानिसहरूले तिम्रो कृपादृष्‍टि खोज्नेछन्। राजकुमारी राजमहलमा ऐश्‍वर्यमयी छिन्; तिनको वस्त्र सुनले जडिएको छ। तिनी बुट्टेदार पोशाकमा राजाकहाँ पुर्‍याइन्छिन्; तिनका कुमारी साथीहरूले तिनलाई पछ्याउँछन्, जो तिनीसँगै रहनलाई ल्याइन्छन्। हर्ष र आनन्दका साथ डोर्‍याइँदै, तिनीहरू राजाको महलभित्र प्रवेश गर्दछन्। तपाईंका पुर्खाहरूको स्थानमा तपाईंका छोराहरू हुनेछन्; तपाईंले तिनीहरूलाई सारा पृथ्वीमा राजकुमार बनाउनुहुनेछ। म तपाईंको नामलाई पुस्तौँ-पुस्तासम्म कायम राख्नेछु; यसकारण राष्ट्रहरूले तपाईंको प्रशंसा सदासर्वदा गर्नेछन्।

भजनसंग्रह 45 पढ्नुहोस्