YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 45:10-17

भजनसंग्रह 45:10-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ध्‍यान देऊ, हे राजकन्‍या, र कान थापेर सुन, तिम्रा आफन्‍तहरू र तिम्रा पिताको घरलाई बिर्स। तिम्रो सौन्‍दर्यमा राजा मोहित हुनुभएको छ। उहाँलाई सम्‍मान देऊ, किनकि उहाँ तिम्रा स्‍वामी हुनुहुन्‍छ। टुरोसकी राजकन्‍या उपहार लिएर आउनेछिन्‌, धनाढ्य मानिसहरूले तिम्रो निगाह खोज्‍नेछन्‌। आफ्‍नो खोपीमा राजकुमारी ऐश्‍वर्यमयी छिन्‌। तिनको वस्‍त्रमा सुन जड़िएको छ। बुट्टा भरिएका पोशाकमा तिनी राजाकहाँ पुर्‍याइन्‍छिन्‌। तिनका कुमारी सहेलीहरू तिनलाई पछ्याउँछन्‌, र तपाईंकहाँ ल्‍याइन्‍छिन्‌। खुशी र आनन्‍दसित तिनीहरू भित्र लगिन्‍छन्‌। तिनीहरू राजाको महलभित्र प्रवेश गर्छन्‌। तपाईंका पिताको स्‍थान तपाईंका पुत्रहरूले लिनेछन्‌। तपाईंले तिनीहरूलाई सारा देशमा राजकुमारहरू बनाउनुहुनेछ। तपाईंको स्‍मृति पुस्‍ता-पुस्‍तासम्‍म म कायम राखिदिनेछु, यसकारण जाति-जातिहरूले सदासर्वदा तपाईंको प्रशंसा गर्नेछन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्

भजनसंग्रह 45:10-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे कुमारी, सुन, ध्यान देऊ र विचार गर: तिम्रा मानिसहरू र आफ्नो पिताको घरलाई पनि बिर्स! तिम्रो सुन्दरताले राजा मोहित होऊन्; उहाँको आदर गर; किनकि उहाँ तिम्रा मालिक हुन्। टायरकी छोरीहरू उपहार लिएर आउनेछन्; धनी मानिसहरूले तिम्रो कृपादृष्‍टि खोज्नेछन्। राजकुमारी राजमहलमा ऐश्‍वर्यमयी छिन्; तिनको वस्त्र सुनले जडिएको छ। तिनी बुट्टेदार पोशाकमा राजाकहाँ पुर्‍याइन्छिन्; तिनका कुमारी साथीहरूले तिनलाई पछ्याउँछन्, जो तिनीसँगै रहनलाई ल्याइन्छन्। हर्ष र आनन्दका साथ डोर्‍याइँदै, तिनीहरू राजाको महलभित्र प्रवेश गर्दछन्। तपाईंका पुर्खाहरूको स्थानमा तपाईंका छोराहरू हुनेछन्; तपाईंले तिनीहरूलाई सारा पृथ्वीमा राजकुमार बनाउनुहुनेछ। म तपाईंको नामलाई पुस्तौँ-पुस्तासम्म कायम राख्नेछु; यसकारण राष्ट्रहरूले तपाईंको प्रशंसा सदासर्वदा गर्नेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्

भजनसंग्रह 45:10-17 पवित्र बाइबल (NERV)

हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स। यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्। ऊ तिम्रो नयाँ लोग्ने हुनेछ। यसैले तिमीले उनको सम्मान गर। टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन् यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्। राजकुमारी सुनको धागोले बुनेको पोशाकमा सजिएकी छिन्। राजाकहाँ पुर्याउनलाई, बेहुली आफ्ना सुन्दर पोशाकमा छिन्, उनका लोकन्तीहरू पछि-पछि छन्। तिनीहरू आनन्दको साथ आउँछन्। आनन्दले नै भरिएर तिनीहरू राजाको महलमा प्रवेश गर्छन्। राजा, तपाईंका पुत्रहरूले तपाईंपछि राज गर्नेछन्। तपाईंले तिनीहरूलाई पृथ्वीभरि शासकहरू बनाउनु हुनेछ। तपाईंको नाउँ सदाका लागि प्रसिद्ध बनाउनेछु। मानिसहरूले तपाईंको सदा-सर्वदा प्रशंसा गर्नेछन्!

शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्

भजनसंग्रह 45:10-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे राजाकी दुलही! मेरा कुरा सुन, आफ्‍ना कुटुम्‍ब र जातिलाई भुलिदेऊ। तिम्रो सुन्‍दर रूपले गर्दा राजाले तिमीलाई चाहनुहुन्‍छ, उहाँ तिम्रा स्‍वामी हुनुहुन्‍छ र तिमीले उनका आज्ञा मान्‍नुपर्छ। टुरोस देशका मानिसहरूले तिमीलाई उपहार ल्‍याउनेछन्, धनी मानिसहरूले तिम्रा कृपा-दृष्‍टि पाउने चेष्‍टा गर्नेछन्। राजकुमारी राजमहलमा छिन्, तिनी कति सुन्‍दरी छिन्। सुनको धागोले उनको पोशाक बनिएको छ। रङ्गी-बिरङ्गीका पोशाक पहिरेर तिनी राजाकहाँ पुर्‍याइनेछिन्। पछि-पछि लोकन्‍तीहरू आउनेछन्, तिनीहरू पनि राजाकहाँ पुर्‍याइनेछन्। हर्ष र उल्‍लाससाथ तिनीहरू आउँछन् र राजाका महलभित्र पस्‍छन्। मेरा राजा, तपाईंका पुर्खाका वंशमा पछिसम्‍म राजा बन्‍न तपाईंका धेरै छोराहरू हुनेछन् र सारा संसारमा तपाईंले तिनीहरूलाई राजा खटाउनुहुनेछ। मेरा गीतले तपाईंको सुनाम सधैँ जोगाइराख्‍नेछ र आउँदा दिनमा सधैँको लागि सबैले तपाईंको प्रशंसा गर्नेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 45 पढ्नुहोस्