ध्यान देऊ, हे राजकन्या, र कान थापेर सुन, तिम्रा आफन्तहरू र तिम्रा पिताको घरलाई बिर्स। तिम्रो सौन्दर्यमा राजा मोहित हुनुभएको छ। उहाँलाई सम्मान देऊ, किनकि उहाँ तिम्रा स्वामी हुनुहुन्छ। टुरोसकी राजकन्या उपहार लिएर आउनेछिन्, धनाढ्य मानिसहरूले तिम्रो निगाह खोज्नेछन्। आफ्नो खोपीमा राजकुमारी ऐश्वर्यमयी छिन्। तिनको वस्त्रमा सुन जड़िएको छ। बुट्टा भरिएका पोशाकमा तिनी राजाकहाँ पुर्याइन्छिन्। तिनका कुमारी सहेलीहरू तिनलाई पछ्याउँछन्, र तपाईंकहाँ ल्याइन्छिन्। खुशी र आनन्दसित तिनीहरू भित्र लगिन्छन्। तिनीहरू राजाको महलभित्र प्रवेश गर्छन्। तपाईंका पिताको स्थान तपाईंका पुत्रहरूले लिनेछन्। तपाईंले तिनीहरूलाई सारा देशमा राजकुमारहरू बनाउनुहुनेछ। तपाईंको स्मृति पुस्ता-पुस्तासम्म म कायम राखिदिनेछु, यसकारण जाति-जातिहरूले सदासर्वदा तपाईंको प्रशंसा गर्नेछन्।
भजनसंग्रह 45 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 45
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 45:10-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू