YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 44:3-8

भजनसंग्रह 44:3-8 NCV

तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्, न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्; तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए; किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। तपाईं मेरा राजा र मेरा परमेश्‍वर हुनुहुन्छ; जसले याकोबलाई विजयको आदेश दिनुहुन्छ। तपाईंद्वारा नै हाम्रा शत्रुहरूलाई पछाडि धपाउँछौँ; तपाईंको नामद्वारा नै हाम्रा वैरीहरूलाई कुल्चन्छौँ। म आफ्नो धनुमा भरोसा गर्दिनँ, मेरो तरवारले मलाई विजय गराउँदैन; तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ; तपाईंले नै हाम्रा विरोधीहरूलाई लाजमा पार्नुहुन्छ। दिनभरि नै हामी आफ्ना परमेश्‍वरमा गर्व गर्छौँ, र हामी सदाकाल तपाईंको नामको प्रशंसा गर्नेछौँ। सेला

भजनसंग्रह 44 पढ्नुहोस्