YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 44:3-8

भजनसंग्रह 44:3-8 सरल नेपाली

तपाईंका प्रजाले आफ्‍नो तरवारले देश जितेनन्, आफ्‍नै शक्तिले तिनीहरूले जितेनन्। तपाईंका बल र सामर्थ्‍यले र तपाईं तिनीहरूसँग हुनुहुन्‍छ भन्‍ने ज्ञानको निश्‍चयताद्वारा तिनीहरूले जितेका हुन्, किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो। तपाईं मेरा राजा र मेरा परमेश्‍वर हुनुहुन्‍छ, आफ्‍ना प्रजालाई तपाईं विजय दिनुहुन्‍छ र तपाईंको सामर्थ्‍यले हामीले आफ्‍ना शत्रुहरूलाई हराएका छौं। आफ्‍नो बचाउको लागि म आफ्‍ना तरवार र धनु, काँडमा भरोसा राख्‍दिनँ। तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो र हामीलाई घृणा गर्नेहरूलाई हराउनुभयो। हामी सदासर्वदा तपाईंको प्रशंसा गर्नेछौं र तपाईंलाई सधैँ धन्‍यवाद चढाउँछौं।

भजनसंग्रह 44 पढ्नुहोस्