YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:30-40

भजनसंग्रह 37:30-40 NCV

धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्, र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ। त्यसको हृदयमा त्यसका परमेश्‍वरको व्यवस्था हुन्छ; त्यसका खुट्टाहरू चिप्लँदैनन्। दुष्‍टले धर्मीको बाटोमा पासो थापेर बस्छ, र त्यसलाई मार्ने उद्देश्य राख्दछ; तर याहवेहले धर्मी जनलाई दुष्‍टहरूको शक्तिमा छोड्नुहुनेछैन, न त न्याय हुँदा धर्मीलाई दोषी ठहरिन अनुमति दिनुहुन्छ। याहवेहमा आशा गर र उहाँकै मार्गमा हिँड; प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्नेछौ। मैले एक जना दुष्‍ट र निर्दयी मानिसलाई आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु, तर त्यो चाँडै मर्‍यो, र यसको ठाउँमा केही पनि रहेन; यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ। निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर; किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्। तर सबै पापीहरू नष्‍ट हुनेछन्; दुष्‍टहरूका निम्ति कुनै सन्तति हुनेछैन। धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ; सङ्कष्‍टको समयमा उहाँ नै तिनीहरूको किल्‍ला हुनुहुन्छ। याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ; उहाँले तिनीहरूलाई दुष्‍टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ; किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।

भजनसंग्रह 37 पढ्नुहोस्