YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:30-40

भजनसंग्रह 37:30-40 NNRV

धर्मी जनले ज्ञानको कुरा गर्छ, र त्‍यसको जिब्रोले न्‍यायको कुरा बोल्‍छ। त्‍यसको हृदयमा त्‍यसका परमेश्‍वरको व्‍यवस्‍था हुन्‍छ, त्‍यसका खुट्टा चिप्‍लँदैनन्‌। धर्मी जनको हत्‍या गर्नलाई दुष्‍टहरू ढुकिबस्‍छन्‌। तर परमप्रभुले धर्मी जनलाई तिनीहरूको शक्तिमा छोड्‌नुहुनेछैन, न त त्‍यसको न्‍याय हुँदाखेरि त्‍यसलाई दोषी ठहराउन दिनुहुन्‍छ। परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्‍नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्‍नेछ। मैले एक जना दुष्‍ट र अत्‍याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्‍तो थियो। तर त्‍यो चाँड़ै मर्‍यो र रहेन। मैले खोजें, तर त्‍यो पाउन सकिएन। निर्दोष मानिसलाई विचार गर, र सत्‍यनिष्‍ठ जनलाई हेर, किनभने शान्‍तिप्रिय मानिसको सन्‍तान हुन्‍छ। तर अपराधीहरूचाहिँ सखापै हुनेछन्‌, दुष्‍टका सन्‍तानचाहिँ बहिष्‍कृत हुनेछन्‌। धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्‍छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्‍थान हुनुहुन्‍छ। परमप्रभुले तिनीहरूलाई मदत गर्नुहुन्‍छ र तिनीहरूको उद्धार गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दुष्‍टबाट छुटाएर तिनीहरूलाई बचाउनुहुन्‍छ, किनभने तिनीहरूले उहाँको शरण लिन्‍छन्‌।