YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:1-7

भजनसंग्रह 31:1-7 NCV

हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्। मेरो पुकार सुन्‍न आफ्नो कान मतिर फर्काउनुहोस्; मेरो उद्धार गर्नलाई चाँडो आउनुहोस्; तपाईं मेरो शरण लिने चट्टान हुनुहोस्, मलाई बचाउने बलियो किल्‍ला तपाईं नै हुनुहोस्। तपाईं मेरो चट्टान र मेरो किल्‍ला हुनुभएकोले, तपाईंको नामको खातिर मलाई अगुवाइ गर्नुहोस् र डोर्‍याउनुहोस्। मेरो निम्ति गुप्‍तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्; किनकि तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ। तपाईंकै हातमा मेरो आत्मा सुम्पन्छु; हे याहवेह, हे मेरा विश्‍वासयोग्य परमेश्‍वर, मेरो उद्धार गर्नुहोस्। व्यर्थका मूर्तिहरूमा मन लगाउनेहरूलाई म घृणा गर्दछु; तर मचाहिँ याहवेहमा नै भरोसा राख्दछु। म तपाईंको अचुक प्रेममा आनन्दित र हर्षित हुनेछु, किनकि तपाईंले मेरो पीडा देख्नुभयो, र मेरो प्राणको व्यथालाई जान्‍नुभएको छ।

भजनसंग्रह 31 पढ्नुहोस्