भजनसंग्रह 31:1-7
भजनसंग्रह 31:1-7 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्। हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउँनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्। हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्। मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे। मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्। तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ। हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं। मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ, मलाई बचाउनु होस्! म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु। म परमप्रभुमा मात्र भरोसा गर्छु। हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु। तपाईंले मेरो पीरहरू देख्नु भएको छ। मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
भजनसंग्रह 31:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्यै पनि शर्माउनु नपरोस्, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्। मेरो पुकारा सुनिदिनुहोस्, मलाई झट्टै छुटाउनुहोस्। तपाईं मेरो निम्ति शरणको चट्टान हुनुहोस्, मलाई बचाउने एउटा बलियो गढ़ हुनुहोस्। मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्याउनुहोस्। मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्, किनकि तपाईं नै मेरो आश्रय हुनुहुन्छ। तपाईंकै हातमा म मेरो आत्मा सुम्पन्छु। हे परमप्रभु, हे सत्यका परमेश्वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्। व्यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु, म त परमप्रभुमा नै भरोसा गर्छु। तपाईंको कृपामा म आनन्द मनाउनेछु र खुशी हुनेछु, किनकि तपाईंले मेरो विपत्ति देख्नुभयो, र मेरो प्राणको वेदना तपाईंले जान्नुभयो।
भजनसंग्रह 31:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्। मेरो पुकार सुन्न आफ्नो कान मतिर फर्काउनुहोस्; मेरो उद्धार गर्नलाई चाँडो आउनुहोस्; तपाईं मेरो शरण लिने चट्टान हुनुहोस्, मलाई बचाउने बलियो किल्ला तपाईं नै हुनुहोस्। तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुभएकोले, तपाईंको नामको खातिर मलाई अगुवाइ गर्नुहोस् र डोर्याउनुहोस्। मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्; किनकि तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ। तपाईंकै हातमा मेरो आत्मा सुम्पन्छु; हे याहवेह, हे मेरा विश्वासयोग्य परमेश्वर, मेरो उद्धार गर्नुहोस्। व्यर्थका मूर्तिहरूमा मन लगाउनेहरूलाई म घृणा गर्दछु; तर मचाहिँ याहवेहमा नै भरोसा राख्दछु। म तपाईंको अचुक प्रेममा आनन्दित र हर्षित हुनेछु, किनकि तपाईंले मेरो पीडा देख्नुभयो, र मेरो प्राणको व्यथालाई जान्नुभएको छ।
भजनसंग्रह 31:1-7 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्। हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउँनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्। हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्। मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे। मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्। तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ। हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं। मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ, मलाई बचाउनु होस्! म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु। म परमप्रभुमा मात्र भरोसा गर्छु। हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु। तपाईंले मेरो पीरहरू देख्नु भएको छ। मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
भजनसंग्रह 31:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! म सुरक्षाको निम्ति तपाईंको शरण पर्दछु, मेरो हार कहिल्यै हुन नदिनुहोस्! तपाईं धर्मी परमेश्वर हुनुहुन्छ, म प्रार्थना गर्दछु, मलाई बचाउनुहोस्! मेरो बिन्ती सुन्नुहोस्! अहिले मलाई बचाउनुहोस्! मेरो शरणस्थान भई मेरो रक्षा गर्नुहोस्। मेरो ढाल बनेर मलाई बचाउनुहोस्। तपाईं मेरो शरणस्थान र ढाल हुनुहुन्छ, आफ्नो प्रतिज्ञाअनुसार मेरो अगुवाइ गर्नुहोस् र मलाई डोर्याउनुहोस्। मेरो लागि थापेको पासोदेखि मलाई जोगाउनुहोस्, विपत्तिदेखि मलाई आश्रय दिनुहोस्। म आफूलाई तपाईंको हातमा सुम्पिदिँदछु। परमप्रभु! तपाईंले मलाई बचाउनुहुनेछ। तपाईं विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। झूटा देवताहरू मान्नेलाई तपाईंले घृणा गर्नुहुन्छ, तर म तपाईंमा भरोसा गर्दछु। तपाईंको अटुट प्रेमले गर्दा म खुसी हुनेछु र रमाउनेछु। तपाईंले मेरा कष्ट र पीडा जान्नुहुन्छ।