YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 22:1-9

भजनसंग्रह 22:1-9 NCV

हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ? हे मेरा परमेश्‍वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्‍न; रातमा पनि मलाई विश्राम छैन। तरै पनि तपाईं पवित्र परमेश्‍वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ। हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए; तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा गर्नुभयो। तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो; तिनीहरूले तपाईंमाथि भरोसा गरे, र शर्ममा परेनन्। तर म त मानिस होइनँ, एउटा किरा मात्र हुँ; सबैबाट गिल्‍ला गरिएको र मानिसहरूद्वारा अपमानित गरिएको। मलाई देख्नेहरू सबैले मेरो गिल्‍ला गर्दछन्; तिनीहरूको टाउको हल्‍लाउँदै अपमान गर्दै भन्दछन्: “त्यसले याहवेहमा भरोसा गर्दछ, याहवेहले नै त्यसलाई बचाऊन्; किनकि त्यसले उहाँमा नै रमाहट गर्दछ, उहाँले नै त्यसलाई छुटकारा देऊन्।” तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो; म मेरी आमाको कोखमा बालक हुँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो।

भजनसंग्रह 22 पढ्नुहोस्