हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ? हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्न; रातमा पनि मलाई विश्राम छैन। तरै पनि तपाईं पवित्र परमेश्वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ। हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए; तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा गर्नुभयो। तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो; तिनीहरूले तपाईंमाथि भरोसा गरे, र शर्ममा परेनन्।
भजनसंग्रह 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 22:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू