भजनसंग्रह 22:1-5
हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्छ? अनि मेरो करुण-क्रन्दनका शब्दहरूबाट त्यति टाढ़ा? हे मेरा परमेश्वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्न। राती पनि म शान्त बन्दिनँ। तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्छ। हाम्रा पुर्खाले तपाईंमा नै भरोसा राखेका थिए, तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो। तपाईंमा तिनीहरूले पुकार गरे, र बाँचे। तिनीहरूले तपाईंमा भरोसा राखे, र निराश भएनन्।
भजनसंग्रह 22:1-5