हे मेरा परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु; दशतारे वीणा बजाएर म तपाईंको निम्ति सङ्गीत बजाउनेछु, उहाँलाई, जसले राजाहरूलाई विजय दिनुहुन्छ; जसले आफ्नो सेवक दावीदलाई छुटकारा दिनुहुन्छ। घातक तरवारबाट मलाई छुटकारा दिनुहोस्; विदेशीहरूका हातबाट उद्धार गरिदिनुहोस्; जसको मुख झूटले भरिएको छ, जसको दाहिने हात छली छ। तब हाम्रा छोराहरू तिनीहरूका युवाअवस्थामा मौलाउँदा रूखहरूजस्ता हुनेछन्, र हाम्रा छोरीहरू दरबार सिँगार्न कुँदिएका स्तम्भहरूजस्ता हुनेछन्। हाम्रा धनसारहरू हरेक किसिमका अन्नले भरिभराउ हुनेछन्; हाम्रा भेडाहरू हजारौँ गुणा बढ्नेछन्, हाम्रा खेतमा ती लाखौँ हुनेछन्; हाम्रा गोरुहरूले गह्रौँ भारी बोक्नेछन्। जहाँ पर्खालहरू फोरिनेछैनन्; हामी निर्वासनमा जानुपर्नेछैन; हाम्रा सडकहरूमा विलापको रुवाइ हुनेछैन। धन्यका हुन् ती प्रजाहरू; जसको जीवनमा यो सत्य साबित भएको छ; धन्यका हुन् ती प्रजाहरू, जसका परमेश्वर याहवेह हुनुहुन्छ!
भजनसंग्रह 144 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 144:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू