YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 144:9-15

भजनसंग्रह 144:9-15 NERV

हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यजनक, कुराहरूका बारेमा म एक नयाँ गीत गाउने छु। म तपाईंको स्तुति-गान गर्नेछु अनि दशतारे वीणा बजाउने छु। परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो। मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झूटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्। हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्। हाम्रो भण्डारहरू बिभिन्न प्रकारका अन्नहरूले भरिएका छन्। हाम्रा भेंडाहरूले प्रसस्त पाठाहरू जन्माउँछन्। त्यहाँ हाम्रो खेतहरूमा हजारौं-हजार भेंडाहरू होस्। हाम्रा गाईहरूले प्रशस्तै बाछा-बाछीहरू पाउनेछन्। हाम्रा शत्रुहरूले हाम्रा पर्खाल भत्काउन सक्ने छैनन्, र हाम्रा एक जना मानिस पनि लानपाउने छैनन्। हाम्रा गल्लीहरूमा रूवा़-बासी हुनेछैन। साँच्चो आशिष पाउनु कति असल कुरा हो। यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने, ती मानिसहरू आशिषित हुन्छन्।

भजनसंग्रह 144 पढ्नुहोस्