तपाईंले मलाई अगि र पछिबाट घेर्नुभएको छ; र आफ्नो हात ममाथि राख्नुभएको छ। मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्चर्यपूर्ण छ; यसलाई प्राप्त गर्न मेरो निम्ति अति कठिन छ। तपाईंको आत्माबाट म कहाँ जान सक्छु? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्लो किनारमा पुगेर बसेँ भने पनि, त्यहाँ पनि तपाईंको हातले मलाई डोर्याउनेछ, र तपाईंको दाहिने हातले मलाई थाम्नेछ।
भजनसंग्रह 139 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 139:5-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू