मेरा चारैपट्टि, हरेक दिशामा तपाईं हुनुहुन्छ, आफ्नो बलले तपाईंले मेरो रक्षा गर्नुहुन्छ। मेरा बारेमा तपाईंको ज्ञान अति गहिरो छ, त्यो मेरा समझशक्तिले म बुझ्न सक्दिनँ। तपाईंदेखि भागेर म कहाँ जान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ टाढा हुन सक्छु र? म उँभो स्वर्गमा गएँ भने, त्यहाँ तपाईं हुनुहुन्छ; म मृत्यु-लोकमा उत्रें भने त्यहाँ तपाईं हुनुहुन्छ। पूर्वमा धेरै टाढासम्म उडी गएँ भने, वा पश्चिममा टाढाभन्दा टाढामा गई बास गरें भने, मलाई डोर्याउन भनी तपाईं त्यहाँ हुनुहुन्छ, मलाई सहायता दिन भनी तपाईं त्यहाँ पनि हुनुहुन्छ
भजनसंग्रह 139 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 139:5-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू