YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 139:5-10

भजनसंग्रह 139:5-10 NNRV

तपाईंले मलाई अगि र पछि घेर्नुभएको छ, र आफ्‍नो बाहुली ममाथि राख्‍नुभएको छ। यस्‍तो ज्ञान मेरो निम्‍ति साह्रै आश्‍चर्यपूर्ण छ, यो प्राप्‍त गर्न मेरो निम्‍ति अति गाह्रो छ। तपाईंका आत्‍माबाट म कहाँ अलग्‍ग जान सक्‍छु? अथवा तपाईंको उपस्‍थितिबाट म कहाँ भाग्‍न सक्‍छु? म आकाशमा गएँ भने, तपाईं त्‍यहाँ हुनुहुन्‍छ, गहिराइमा आफ्‍नो ओछ्यान बनाएँ भने, त्‍यहाँ पनि तपाईं हुनुहुन्‍छ। प्रभातको पखेटामा उड़ेर समुद्रको पल्‍लो किनारमा गएर बसें भने पनि, त्‍यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने बाहुलीले मलाई पक्रिराख्‍नेछ।