YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 139:14-18

भजनसंग्रह 139:14-18 NCV

म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्‌भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्‌भुत छन्, म त्यो राम्ररी जान्दछु। मेरो आकार तपाईंबाट लुकेको थिएन, जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ; जब म अदृष्यमा बनिँदैथिएँ; तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे; मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए; तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए। हे परमेश्‍वर, मेरा निम्ति तपाईंका विचारहरू कति मूल्यवान् छन्! तिनको योग कति विशाल छ! यदि मैले तिनलाई गन्ती गरेँ भने, बालुवाका कणहरूभन्दा पनि तिनको संख्या बढी हुनेछन्। जब म बिउँझन्छु, तब म तपाईंसँग नै भएको पाउँदछु।

भजनसंग्रह 139 पढ्नुहोस्