भजनसंग्रह 139:14-18
भजनसंग्रह 139:14-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु। जब अदृश्यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्वीको गहिराइमा रचिँदैथिएँ, तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्ति नियुक्त गरिएको आयु तपाईंको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। हे परमेश्वर, मेरो निम्ति तपाईंका विचारहरू कति बहुमूल्य छन्! तिनको सङ्ख्या कति महान् छ! तिनलाई मैले गन्नुपरेमा, ती बालुवाका कणहरूभन्दा बढ़ी हुनेथिए। जब म बिउँझन्छु, तब म तपाईंसँगै हुन्छु।
भजनसंग्रह 139:14-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु; तपाईंका कार्यहरू अद्भुत छन्, म त्यो राम्ररी जान्दछु। मेरो आकार तपाईंबाट लुकेको थिएन, जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ; जब म अदृष्यमा बनिँदैथिएँ; तब तपाईंका आँखाले मेरो नबनिएको त्यो शरीरलाई देखे; मेरा निम्ति तोकिएका दिनहरू तपाईंको पुस्तकमा लेखिएका थिए; तीमध्ये एउटै कुरा पनि अस्तित्वमा आउनअगि सबै लेखिएका थिए। हे परमेश्वर, मेरा निम्ति तपाईंका विचारहरू कति मूल्यवान् छन्! तिनको योग कति विशाल छ! यदि मैले तिनलाई गन्ती गरेँ भने, बालुवाका कणहरूभन्दा पनि तिनको संख्या बढी हुनेछन्। जब म बिउँझन्छु, तब म तपाईंसँग नै भएको पाउँदछु।
भजनसंग्रह 139:14-18 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म जान्दछु कि तपाईंले जे गर्नुभयो, त्यो आश्चयपूर्ण छ। तपाईं मेरो बारेमा सारा कुराहरू जान्नुहुन्छ। जब मेरो शरीरले आफ्नो रूप लिंदै बढदै गयो, तपाईंले मेरो हड्डीहरू नियाल्नु भयो जुन मेरो आमाको गर्भमा लुकेको थियो। तपाईंले मेरो अंग-प्रत्यंग बढ्दै गरेको नियाल्नु भयो, तपाईंले आफ्नो पुस्तकमा ती कुराहरू लेख्नु भयो। तपाईंले प्रत्येक दिन मलाई नियाल्नु भयो। कुनै दिन पनि त्यसै खाली गएन। तपाईंका विचारहरू मेरो निम्ति महत्वपूर्ण छन्। हे परमेश्वर, तपाईं यति विघ्न जान्नुहुन्छ। यदि मैले ती सबै गन्न सक्दो हुँ ता, तिनीहरू बालुवाका कणहरू भन्दा धेरै हुने थिए होला। अनि मैले जब गनी सकेपछि पनि, तपाईंसँगै नै हुनेछु।
भजनसंग्रह 139:14-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तपाईंको प्रशंसा गर्दछु किनभने हामीले तपाईंको डर मान्नु पर्दछ, तपाईंका सबै काम उदेकका र अचम्मका छन्, यी सबै कुरा म आफ्नो हृदयबाट जान्दछु। जब मेरा हड्डीहरू बनिंदैथिए, मेरी आमाको गर्भमा ती ठीकसँग जोडिदैथिए, र अदृश्यमा म त्यहाँ बढ्दैथिएँ, त्यति बेला म त्यहाँ छु भनी तपाईं जान्नुहुन्थ्यो। मेरो जन्म हुनुभन्दा अघि नै तपाईंले मलाई देख्नुभएको हो, मेरा आयुका दिनहरू सुरु हुनुभन्दा अघि नै तपाईंको पुस्तकमा लेखिएका थिए। हे परमेश्वर, तपाईंका विचारहरू कति अमूल्य छन्, र सङ्ख्यामा ती विचारहरू कति धेरै छन्! मैले तिनीहरूको गन्ती लिएँ भने, ती बालुवाका कणहरूभन्दा बढ्ता छन्, म बिउँझँदा, तपाईंसँग नै भइरहेको हुन्छु।