भजनसंग्रह 12
12
भजन 12
सङ्गीत निर्देशकको निम्ति शिमिनिथ। दावीदको भजन।
1हे याहवेह, सहायता गर्नुहोस्; किनकि भक्तजन एकै जना पनि रहेनन्;
विश्वासयोग्यहरू मानिसहरूका बीचबाट मासिसकेका छन्।
2हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्;
तिनीहरूका ओठले चापलुसी गर्छन्;
तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।
3सबै चापलुसी गर्ने ओठहरूलाई
र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—
4तिनीहरू जसले भन्छन्,
“हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ;
हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”
5याहवेह भन्नुहुन्छ,
“दुर्बलहरूमाथि भएको अत्याचार
र खाँचोमा हुनेहरूको सुस्केराको कारणले म अब उठ्नेछु,
म तिनीहरूलाई तिनीहरूको बदनाम गर्नेहरूबाट सुरक्षा गर्नेछु।”
6याहवेहका वचनहरू खोटरहित छन्,
ती भट्टीमा सात पल्ट खारेर शुद्ध पारिएका चाँदीजस्तै छन्।
7हे याहवेह, तपाईंले खाँचोमा परेकाहरूलाई रक्षा गर्नुहुनेछ,
र दुष्टहरूबाट हामीलाई सधैँ सुरक्षित राख्नुहुनेछ,
8जब मानिसहरूका बीचमा दुष्टताको सम्मान हुन्छ;
दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 12: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.