YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:28-32

भजनसंग्रह 119:28-32 NCV

शोकले गर्दा मेरो प्राण थाकेको छ; आफ्नो वचनद्वारा मलाई बलियो पार्नुहोस्! मलाई छलपूर्ण मार्गबाट जोगाउनुहोस्; ममाथि अनुग्रही बन्‍नुहोस् र मलाई तपाईंको व्यवस्था सिकाउनुहोस्! मैले विश्‍वासयोग्यताको मार्ग छानेको छु; मैले मेरो हृदय तपाईंका नियमहरूमा लगाएको छु। हे याहवेह, म तपाईंका कानुनहरूमा दृढ छु; मलाई शर्ममा पर्न नदिनुहोस्! म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्छु; किनकि तपाईंले मेरो समझलाई फराकिलो तुल्याउनुभएको छ।

भजनसंग्रह 119 पढ्नुहोस्