YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:28-32

भजनसंग्रह 119:28-32 NNRV

शोकले गर्दा मेरो प्राण पग्‍लन्‍छ, तपाईंको वचनअनुसार मलाई बलियो तुल्‍याउनुहोस्‌। छलपूर्ण मार्गबाट मलाई अलग्‍ग राखिदिनुहोस्‌, तपाईंको व्‍यवस्‍थाद्वारा ममाथि अनुग्रही हुनुहोस्‌। मैले त सत्‍यताको मार्ग छानेको छु, तपाईंका नियमहरू मैले मेरो सामुन्‍ने राखेको छु। तपाईंका कानूनहरूमा म स्‍थिर रहन्‍छु, हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्‌। म तपाईंका आज्ञाहरूको मार्गमा दौड़न्‍छु, किनकि तपाईंले मेरो हृदयलाई स्‍वतन्‍त्र पारिदिनुभएको छ।