म याहवेहलाई प्रेम गर्दछु; किनकि उहाँले मेरो सोर सुन्नुभयो; उहाँले मेरो दयाको पुकार सुन्नुभयो। किनकि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, म जीवित रहुन्जेल उहाँमा पुकार गर्नेछु। मृत्युका पासोहरूले मलाई घेरेका थिए; र चिहानको पीडा ममाथि आइलागेको थियो; दुःख र शोकले मलाई गाँजेको थियो। तब मैले याहवेहको नाममा पुकार गरेँ: “हे याहवेह, मलाई बचाउनुहोस्!” याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ; हाम्रा परमेश्वर कृपाले पूर्ण हुनुहुन्छ। याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; जब म अति असहाय थिएँ, तब उहाँले मलाई बचाउनुभयो। हे मेरो प्राण, फेरि एक पटक विश्राम गर्; किनकि याहवेह तँप्रति भलो हुनुभएको छ। किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि, मेरा आँखालाई आँसुदेखि, र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ। ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्डुल गर्न सकूँ।
भजनसंग्रह 116 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 116:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू