YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 116:1-9

भजनसंग्रह 116:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्‍नुभयो, करुणाको निम्‍ति मेरो पुकार सुन्‍नुभयो। उहाँले आफ्‍नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्‍जेल उहाँको पुकार गर्नेछु। मृत्‍युको बन्‍धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्‍यो। दु:ख र शोकले मलाई छोप्‍यो। तब मैले परमप्रभुको नाउँमा पुकारा गरें, “हे परमप्रभु, मलाई बचाउनुहोस्‌।” परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्‍छ, हाम्रा परमेश्‍वर करुणाले पूर्ण हुनुहुन्‍छ। परमप्रभुले सरल हृदय भएकाहरूलाई रक्षा गर्नुहुन्‍छ। म अति अभावमा परेको थिएँ, उहाँले मलाई बचाउनुभयो। फेरि एक पल्‍ट हे मेरो प्राण, तँ फेरि शान्‍त हो, किनभने परमप्रभुले तेरो उपकार गर्नुभएको छ। किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्‍युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्‍नबाट बचाउनुभएको छ, कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्‍ने हिँड्‌डुल गर्न सकूँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 116 पढ्नुहोस्

भजनसंग्रह 116:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

म याहवेहलाई प्रेम गर्दछु; किनकि उहाँले मेरो सोर सुन्‍नुभयो; उहाँले मेरो दयाको पुकार सुन्‍नुभयो। किनकि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, म जीवित रहुन्जेल उहाँमा पुकार गर्नेछु। मृत्युका पासोहरूले मलाई घेरेका थिए; र चिहानको पीडा ममाथि आइलागेको थियो; दुःख र शोकले मलाई गाँजेको थियो। तब मैले याहवेहको नाममा पुकार गरेँ: “हे याहवेह, मलाई बचाउनुहोस्!” याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ; हाम्रा परमेश्‍वर कृपाले पूर्ण हुनुहुन्छ। याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; जब म अति असहाय थिएँ, तब उहाँले मलाई बचाउनुभयो। हे मेरो प्राण, फेरि एक पटक विश्राम गर्; किनकि याहवेह तँप्रति भलो हुनुभएको छ। किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि, मेरा आँखालाई आँसुदेखि, र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ। ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्‍डुल गर्न सकूँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 116 पढ्नुहोस्

भजनसंग्रह 116:1-9 पवित्र बाइबल (NERV)

जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ, त्यो मलाई मन पर्दछ। जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ, त्यो मलाई मन पर्छ। म मर्न आटेको थिएँ, मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ। तब मैले परमेश्वरको नाउँको पुकारा गरें। मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!” परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो। हे मेरो प्राण, विश्राम गर! परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ। हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बँचाउनु भयो। तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो। जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 116 पढ्नुहोस्

भजनसंग्रह 116:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म परमप्रभुलाई प्रेम गर्दछु किनभने उहाँले मेरो पुकार र मेरो प्रार्थना सुन्‍नुहुन्‍छ। म जति पल्‍ट उहाँलाई पुर्कादछु, उहाँले मलाई सुन्‍नुहुन्‍छ। मेरा चारैपट्टि मृत्‍युको खतरा थियो, मृत्‍युको डरले मलाई छोप्‍न आउँदथ्‍यो मलाई पूरा डर र चिन्‍ता परेको थियो। त्‍यस बेला मैले परमप्रभुलाई पुकारें– “परमप्रभु, म बिन्‍ती गर्दछु, मलाई बचाउनुहोस्!” परमप्रभु असल र कृपालु हुनुहुन्‍छ। हाम्रा परमेश्‍वर दयालु हुनुहुन्‍छ। परमप्रभुले असहायहरूलाई रक्षा गर्नुहुन्‍छ, म खतरामा पर्दा उहाँले मलाई बचाउनुभयो। हे मेरो हृदय, ढाडस गर्‌ किनभने परमप्रभु मेरो भलो हुनुहुन्‍छ। परमप्रभुले मलाई मृत्‍युदेखि बचाउनुभयो, उहाँले मेरो आँसु पुछिदिनुभयो र मलाई हारदेखि बचाउनुभयो। यसैले म जिउँदाहरूका जगत्‌मा परमप्रभुको सामु हिँड्डुल गर्दछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 116 पढ्नुहोस्