म परमप्रभुलाई प्रेम गर्दछु किनभने उहाँले मेरो पुकार र मेरो प्रार्थना सुन्नुहुन्छ। म जति पल्ट उहाँलाई पुर्कादछु, उहाँले मलाई सुन्नुहुन्छ। मेरा चारैपट्टि मृत्युको खतरा थियो, मृत्युको डरले मलाई छोप्न आउँदथ्यो मलाई पूरा डर र चिन्ता परेको थियो। त्यस बेला मैले परमप्रभुलाई पुकारें– “परमप्रभु, म बिन्ती गर्दछु, मलाई बचाउनुहोस्!” परमप्रभु असल र कृपालु हुनुहुन्छ। हाम्रा परमेश्वर दयालु हुनुहुन्छ। परमप्रभुले असहायहरूलाई रक्षा गर्नुहुन्छ, म खतरामा पर्दा उहाँले मलाई बचाउनुभयो। हे मेरो हृदय, ढाडस गर् किनभने परमप्रभु मेरो भलो हुनुहुन्छ। परमप्रभुले मलाई मृत्युदेखि बचाउनुभयो, उहाँले मेरो आँसु पुछिदिनुभयो र मलाई हारदेखि बचाउनुभयो। यसैले म जिउँदाहरूका जगत्मा परमप्रभुको सामु हिँड्डुल गर्दछु।
भजनसंग्रह 116 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 116:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू