YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 108

108
भजन 108
एउटा गीत, दावीदको भजन।
1हे परमेश्‍वर, मेरो हृदय स्थिर छ;
म गाउनेछु र मेरो सम्पूर्ण प्राणले धुन बजाउनेछु।
2हे सारङ्गी र वीणा जाग्!
म प्रभातलाई जगाउनेछु।
3हे याहवेह, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;
जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।
4किनकि तपाईंको प्रेम महान् छ, आकाशभन्दा पनि उच्‍च छ;
तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।
5हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;
सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्।
6तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्;
ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।
7परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ:
“विजयमा म शेकेमलाई विभाजन गर्नेछु,
र सुक्‍कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।
8गिलाद मेरो हो, मनश्शे पनि मेरै हो;
एफ्राइम मेरो टोप हो,
यहूदा मेरो राजदण्ड हो।
9मोआब मेरो हात धुने भाँडो हो;
एदोममा म आफ्नो जुत्ता फाल्नेछु;
पलिश्तीमाथिको विजयमा म कराउनेछु।”
10किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला?
कसले मलाई एदोमसम्म डोर्‍याउला?
11हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई त्याग्नुभएको छ,
र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?
12शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्;
किनकि मानिसको सहायता व्यर्थ छ।
13परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ;
र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 108: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्